नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेका क्षि क्षेत्रमा करिब ६५/७० प्रतिशत जनसंख्या सक्रिय रुपमा लागेका छन्‌। कृषिजन्य वस्तुहरुको उत्पादन र उत्पादकत्वमा बृद्धि त्याइ देशको कृषि विकासमा उल्लेखनिय योगदान पुन्याउन कृषि क्षेत्रको लागि आवश्यक सबै अवयबहरुलाई समानुपातिक र सन्तुलित रुपमा विकास गर्दै लानु आज अत्यन्त जरुरी भइसकेको छ। बालीनालीका शत्रुहरुबाट वर्षेनी भइरहेको परिमाणत्मक एंव गुणात्मक नोक्सानीलाई पर्यावरणीय रुपमा उपयुक्त र और्थक रुपमा न्यायोचित ढंगबाट काम गरि कृषिजन्य वस्तुहरुको उत्पादकत्व वुद्धि ल्याउनु अपरिहार्य भइसकेको छ । यी शत्रुहरुबाट हुने क्षतिलाई संगठित र....

उद्देश्य
 

यस प्रयोगशालाको कमाण्ड क्षेत्र भित्रका जिल्लाहरुका बिभिन्न बालीनालीमा देखा पर्ने रोग तथा शत्रुजीवहरुको पहिचान गरी पेष्टम्याप तयार गरी तिनीहरुको व्यवस्थापन तथा प्राविधिक सेवाटेवा प्रदान गर्न पहल गर्ने ।

 

Ø  सम्भाव्यता र तुलनात्मक लाभका आधारमा स्थानीय बाली संरक्षण प्रबिधिको अध्ययन गरी प्रविधि प्रसार र बिस्तार गर्ने ।

Ø  जिल्लाहरुमा सञ्चालित बाली संरक्षण कार्यक्रमहरुलाई एकिकृत बाली संरक्षण प्रबिधिसंग आबद्ध गराउन समन्वयकारी भूमिका निर्बाह गर्ने ।

Ø  प्रदेश भित्र संञ्चालित बाली संरक्षण कार्यक्रमहरुको प्राविधिक सुपरिवेक्षणअनुगमन तथा सेवा टेवा पुर्याउने ।

Ø  प्रदेश स्तरमा सम्बन्धित निकायहरुसंग वाली संरक्षण कार्यक्रमसंग समन्वय कायम गर्ने ।

Ø  आकस्मिक वाली संरक्षण कार्यक्रम संञ्चालनको लागि आबस्यक पर्ने सामग्रीहरु उपलव्ध गराउने तर्फअग्रसर रहने।